solution- a divine Nepali poem for reedemption from the sorrowful world.
H.R. koirala
December 04, 2024
उपाय

पृष्ठभूमि:
जान्छन् कहाँ उनिहरू जसले गरेथ्ये,
ईर्ष्या र डाह अरुको कुभलो गरेथ्ये ,
यो प्रश्न बोकी गुरुदेवकहाँ पुगेथ्येँ,
कस्तो भयङ्कर जवाफ सुनेँ डराएँ ।।
गुरु :
मात्सर्य मोहादि कुकर्मी प्राय:,
खस्छन् सदा नै नरकैमा आई ,
भोगेर दण्डोचित दु:खलाई ,
जन्मेर भोग्छन् जगतैमा आई ।।
शिष्य:
यहाँ बसेर गुरुदेव उपाय के छ ?
सुखानुभूति मनको पनि गर्नु नै छ,
म नाम धाम हरिको कसरी पुकारूँ ?
अज्ञानमा रुमलिने अति कष्टमा छु ।।
गुरु:
प्रभु कृष्ण हरे ,प्रभु माधव हे,
शरणागतको, परिपालक हे,
जग चालक, रक्षक, पोषक हे,
भावसागर तारिदिने गुरु हे।।
उदाहार:
यति वचन सुनेथ्ये शिष्यले सो हितार्थ
गदगद भइ बोले श्री गुरुको कृतार्थ
परमपुरुष ठानी भाव स्वच्छ: सजाई
चरण शरण पाऊॅँ भन्छु बिन्ती चढाई ।।